मंगलबार, असार २४, २०८२

जगदम्बा सिमेन्टको निर्माण बिज्ञहरुसंगको अन्तरक्रिया सम्पन्न

नेपालखोज २०७७ चैत २ गते १३:२४


काठमाडौं । तपाईंको सुरक्षामा साथ छ जगदम्बा सिमेन्टको भन्ने मूल नारालाई आत्मसाथ गर्दै यही फाल्गुण २६ गते पाँचखालको खावामा ६० भन्दा धेरै निर्माण विज्ञहरुसंग जगदम्म्बा सिमेन्टले आफ्नो अन्तरक्रिया सम्पन्न गरेको छ ।


पाँचखाल नगरपालीका वडा अध्यक्ष किरण श्रेष्ठ, जगदम्बा सिमेन्टका बरिष्ठ ब्राण्ड मेनेजर जगन्नाथ दाहाल तथा बिक्री प्रवन्धक नवराज भूर्तेलको प्रमुख अतिथ्यमा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।


कार्यक्रममा विभिन्न क्षेत्रका निर्माण ब्यवसायहरुले भूकम्प प्रतिरोधात्मक निर्माण विधी हाम्रो जस्तो देशको संरचनामा निर्माणमा अपरिहार्य रहेको प्रष्ट पार्नुभयो । विज्ञ संगको परामर्श, कुशल जनशक्तिको प्रयोग र गुणस्तरीय निर्माण सामग्रीले मात्र निर्माण दिगो हुने कुरा कम्पनीका क्षेत्रीय बिक्री प्रवन्धक केदार निरौलाजीले प्रष्ट पार्दै यस्ता जन चेतनामूलक नेपालका अन्य सहरहरुमा गर्दै जाने प्रतिवद्धता कम्पनीका ईन्जिनियर कुसल काफ्ले जीले बताए ।

प्रतिक्रिया