केहि दिन नबस्ने गरी सकियो माओवादी केन्द्रीय कमिटी बैठक

काठमाडौं । सरकारबारे अन्य दलसँग वार्ता गर्नुपर्ने भन्दै नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक केहि दिनको लागि स्थगित भएको छ ।
सोमबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको माओवादी केन्द्रीय कमिटी बैठक केहि दिनका लागि स्थगित भएको नेता नारायणकाजी श्रेष्ठले बताए ।
बैठकमा २० जना केन्द्रीय सदस्यहरुले आ-आफ्नो धारणा राखेका थिए । धारणा राख्नेमा जनार्दन शर्मा, शक्ति बस्नेत, गणेशमान पुन, पम्फा भुसाल, वर्षमान पुन, रामदिप आचार्य, हेमराज भण्डारी, पुष्पबिक्रम मल्ल, कृष्ण केसी, दलजित श्रीपाली, परशुराम रम्तेल, जयपुरी घर्ती, हितबहादुर तामाङ, प्रकाश पोखरेल, धर्मदत्त देवकोटा, परशुराम आचार्य, दिलाराम आचार्य, ओम शर्मा, कुमार पोखरेल, रामचन्द्र झा रहेका छन् ।
अब सरकार निर्माणबारे अन्य दलसँग वार्ता गर्नुपर्ने र नेकपाको विवादमा सर्वोच्चले गरेको फैसलाको पुनरावलोकनमा जानुपर्ने भएकाले बैठक केही दिन नबस्ने नेता श्रेष्ठले बताए ।
अब नेताहरु पूर्व जिम्मेवारी अनुसार जिल्ला जिल्लामा जाने समेत श्रेष्ठले बताए ।
त्यस्तै माओवादी केन्द्रबाट सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता बोलाउन पत्र पठाइएको र फिर्ता नआएमा आवश्यकता अनुसार कारबाही गरिने समेत उनले बताए ।

प्रतिक्रिया