चाँदीको मूल्य बढ्दा सुनको मूल्य भने स्थिर
नेपालखोज
२०७७ चैत ३ गते ११:००

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्यमा कुनै परिवर्तन भएको छैन । सोमबार प्रतितोला ८६ हजार ६ सयमा कारोबार भएको सुनको मूल्यमा आज कुनै परिवर्तन नभई सोही मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज तेजावी सुनको मूल्य ८६ हजार एक सय ५० मा कारोबार भइरहेको छ ।
आज चाँदीको मूल्यमा सोमबारको तुलनामा ५ रुपैयाँले बढेको छ । सोमबार एक हजार दुई सय ७५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज प्रतितोला एक हजार दुई सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया