राष्ट्रपतिले बोलाएको सर्वदलीय बैठकमा खनाल र नेपाल नजाने

नेपालखोज २०७७ चैत ३ गते १५:४७

काठमाडौ+ . पूर्वप्रधानमन्त्रीद्वय झलनाथ खनाल र माधवकुमार नेपाल राष्ट्रपति विद्यादेवी भण्डारीले बोलाएको सर्वदलीय बैठकमा सहभागी नहुने भएका छन् । अहिले सत्तारुढ दल एमाले विवादमा रुमल्लिएको छ ।

प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले एकलौटी गरेको भन्दै वरिष्ठ नेताद्वय नेपाल र खनालले बुधबार र बिहीबार राष्ट्रिय कार्यकर्ता भेला बोलाएका छन् । त्यही भेलाको तयारीमा जुट्न पर्ने भएकाले नभ्याउँने जानकारी उनीहरूले राष्ट्रपति कार्यालयलाई गराएको निकट स्रोतले बतायो ।

राष्ट्रपति भण्डारीले खनाल र नेपाललाई पूर्वप्रधानमन्त्रीको हैसियतमा बोलाएकी थिइन् । राष्ट्रपतिले आज अपरान्ह ४ बजे प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलका अध्यक्ष र पूर्वप्रधानमन्त्रीहरूलाई छलफलका लागि बोलाएकी छन् ।

प्रतिक्रिया