राष्ट्रपति भण्डारीले बोलाएको सर्वदलीय बैठक सुरु

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गरेको सर्वदलीय बैठक राष्ट्रपति कार्यालय शीतल निवासमा सुरु भएको छ ।
बैठकमा पूर्व प्रधानमन्त्रीहरु र संसदमा प्रतिनिधित्व गर्ने दलका नेताहरु सहभागी भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा बादल, अर्थमन्त्री विष्णु पौडेल, कांग्रेसबाट सभापति शेरबहादुर देउवा, महामन्त्री शशांक कोइराला, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि सहभागी भएका छन् ।
त्यस्तै, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, नारायणकाजी श्रेष्ठ र देवप्रसाद गुरुङ सहभागी भएका छन् । जसपाबाट अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतो सहभागी भएका छन् भने नेमकिपाबाट प्रेम सुवाल र राप्रपाबाट डा। प्रकाशचन्द्र लोहनी सहभागी भएका छन् ।
राष्ट्रपति भण्डारीले समसामयिक राजनीतिक विषयमा छलफल गर्न सबै दलका मुख्य नेताहरुलाई शितल निवासमा बोलाइएकी हुन् ।

प्रतिक्रिया