ओलीले पार्टीलाई बिभाजनउन्मुख लगे : झलनाथ खनाल

काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले ओली नेतृत्वको सरकारले पार्टीका कार्यदिशालाई अस्वीकार गरेर अगाडी बढेकोले अहिलेको अवस्था आएको बताए । एमालेको माधवकुमार नेपाल र झलनाथ खनालको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता खनालले ओली एकलौटी ढंगले अगाडी बढेको बताए ।
पछिल्लो तीन बर्षमा सरकार संचालनमा पार्टीका कार्यदिशा र नीति आउन नसकेको भन्दै नेता खनालले तीन बजेटमा समेत पार्टीका नीति र सोच प्रतिबिम्बित हुन नसकेको आरोप लगाए ।
ओलीले आफ्ना आसेपासेलाई मात्र नियुक्ति गर्ने अगाडी बढाउने काम गरेको भन्दै नेता खनालले पार्टीलाई कुनै छलफल नगरी विवादस्पद काम गरेको टिप्पणी गरे ।
सर्वोच्चको फैसलापछि अध्यक्षले नयाँ किसिमले पार्टी संचालन गर्नु पर्नेमा फागुन २८ गते गुटको भेला गरेर अर्को पक्षलाई हटाउने काम गरेको आरोप खनालले लगाए । उनले अध्यक्ष ओलीले एमालेलाई बिभाजनतर्फ उन्मुख गराएको आरोप लगाउदै अब पार्टीलाई एक बनाएर लैजान यो भेला आयोजना गरिएको बताए ।

प्रतिक्रिया