आशा लघुवित्तको सिइओमा पुनः बद्रीप्रसाद दुलाल
नेपालखोज
२०७७ चैत ४ गते १९:२८

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा बद्रीप्रसाद दुलाल नियुक्त भएका छन् ।
लघुवित्त सञ्चालक समितिको आज (बुधबार) बसेको बैठकले दुलाललाई सिइओमा दोस्रो पटक नियुक्ति दिएको हो । यो उनको दोस्रो कार्यकाल हो । उनको पदावधि १३ चैतमा सकिँदै थियो ।दुलाल नेपाली लघुवित्त क्षेत्रमा सक्रिय, सफल लघुवित्तकर्मी हुन् ।
उनको नेतृत्वमा आशा लघुवित्तले देशव्यापी रुपमा आफ्नो सञ्जाल विस्तार गरेको छ ।नियुक्तिसँगै उनले संस्थालाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । उनी ४ वर्षको कार्यकाल पूरा गरी पुनः ४ वर्षका लागि नियुक्त भएका हुन् ।
सम्बन्धित
प्रतिक्रिया