ओलीले बोलाएको बैठकमा नेपाल–खनाल समूहका सांसद पनि सहभागी हुने

नेपालखोज २०७७ चैत ५ गते १२:०६

काठमाडौं । नेकपा एमालेका नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल समूहमा रहेका सांसदहरु प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले बोलाएको संसदीय दलको बैठकमा सहभागी हुने भएका छन् ।

उनीहरुको ललितपुरको हेरिटेज गार्डेनमा बिहीबार बिहान भएको छलफलपछि बालुवाटारकै बैठकमा जाने निष्कर्षमा पुगेका हुन् ।

स्थायी कमिटीमा रहेका सदस्यहरुबाहेक सबै सांसदहरु बालुवाटार जाने सांसद दीपकप्रकाश भट्टले जानकारी दिए ।

नेपाल–खनाल समूहको राष्ट्रिय कार्यकर्ता भेला ललितपुरमा हिजोेदेखि सुरु भएको छ ।

प्रधानमन्त्री ओलीले बिहीबार ११ बजेपछि संसदीय दलको बैठक बोलाएका छन् ।

प्रतिक्रिया