एमाले संसदीय दलको बैठक : बोर्ड गठन, विधान संशोधन गर्न कार्यदल
नेपालखोज
२०७७ चैत ५ गते १३:३३

काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी संसदीय दलको बैठकले बोर्ड गठन गरेको छ । बैठकले २७ जना रहने गरी दलको बोर्ड गठन गरेको हो ।
बैठकले संसदीय दलको विधान संशोधन प्रक्रिया पनि अगाडि बढाएको छ । विधान संशोधन गर्न कार्यदल गठन गरिने भएको छ ।
कार्यदलमा विशाल भट्टराई, शेरबहादुर तामाङ र विमला राई पौड्याल रहेका छन् ।
यता वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहका सांसदहरु भने बैठक बहिष्कार गरेका छन् ।
सम्बन्धित

प्रतिक्रिया