मंगलबार, वैशाख ३०, २०८२

सी डिभिजन लिगमा समाज कल्याणको दोस्रो जित

नेपालखोज २०७७ चैत ५ गते २०:१०


काठमाडौं । सहिद स्मारक ‘सी’ डिभिजन लिग फुटबलमा समाज कल्याण खेलकुद केन्द्रले दोस्रो जित निकालेको छ ।

ललितपुरको सातदोबाटोमा रहेको एन्फा मैदानमा बिहीवार भएको पहिलो खेलमा समाज कल्याणले खालीबारी युथ क्लबलाई तीन–शून्यले हरायो । यसअघि मङ्गलवार भएको खेलमा समाज कल्याणले सानो गौचरण युथ क्लबलाई तीन–दुईले हराएको थियो ।

त्यस्तै एन्फा मैदानमै भएको दोस्रो खेलमा स्वयम्भू युवा क्लबले ओसिस क्लबलाई तीन–एकले पराजित गरेको छ । प्रतियोगितामा स्वयम्भूले पहिलो जित निकालेको हो । यसअघि मङ्गलवार भएको खेलमा स्वयम्भूलाई सामाजिक युवा क्लबले तीन–दुईले हराएको थियो ।

प्रतिक्रिया