नेशनल माइक्रो फाइनान्सको सातौ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । राष्ट्रिय स्तरको नेशनल माइक्रो फाइनान्स लघुवित्त वित्तिय संस्था लिमिटेडको सातौ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
२०७१ आषाढ १८ गतेदेखि संचालनमा आएको संस्थाले धादिङ्गको क्रिक रिर्सोटमा बिहिबार आयोजना भएको साधारण सभाले आ.व.२०७६।०७७ को वासलात, नाफा नोक्सान हिसाव लगायत अन्य वित्तिय विवरणसहित वार्षिक प्रतिवेदन पारित गरि सभा सम्पन्न भएको हो । सञ्चालक समितिका अध्यक्ष केशवप्रसाद आचार्यको अध्यक्षतामा बसेको साधारण सभाले अध्यक्षले पेश गरेको आ.व.२०७६/०७७को वासलात, नाफा नोक्सान हिसाव लगायत अन्य वित्तिय विवरणसहित वार्षिक प्रतिवेदन पारित गरेको छ ।
साथै संस्थाको सातौ वार्षिक साधारण सभामा सर्वसाधारण शेयर धनि तर्फबाट २ जना सञ्चालकहरु निर्विरोध निर्वाचित भएका छन । सभाले नयाँ सञ्चालकहरु क्रमशः नरेन्द्र प्रसाद छत्कुली र रामकुमार तिमल्सिनालाई निर्विरोध निर्वाचित गरेको हो । सभाले आ.व. २०७६/०७७को नाफाबाट शेयरधनीहरुलाई २१ प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद लाभांस गरि २७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्तावलाई समेत पारित गरेको छ ।
सभाले प्रस्ताव पारित गरे पश्चात संस्थाको चुक्ता पुंजी २६ करोड ४० लाख ४५ हजारबाट वृद्धि भई ३१ करोड ९४ लाख ९४ हजार पुगेको छ । चालु आ.व. २०७७/०७८ को हालसम्म हिमाल, पहाड र तराईका गरि ६५ वटा शाखा कार्यालयहरु मार्फत संस्थाको पहुच विस्तार गर्दै देशका सातै प्रदेशका ४७ वटा जिल्लामा सेवा प्रदान गरेको छ । संस्थाले १ लाख ४ हजार भन्दा बढि विपन्न परिवारमा सेवा पुर्याएको छ । हालसम्म संस्थाको लगानीमा रहेको कर्जा ७ अर्ब २५ करोड तथा बचत १ अर्ब ९५ करोड भन्दा बढि सदस्यहरुबाट संकलन गर्न सफल भएको छ ।
कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत रामवहादुर यादवले निकट भविष्यमा संस्थाले ७७ जिल्लामा वित्तीय पंहुच पुर्याउने, आधुनिक प्रविधी मैत्री सेवा तथा ग्राहक सदस्यहरुमा उद्यमशिलता विकासका साथै वित्तिय साक्षरतामा विशेष जोड दिने जस्ता कार्यक्रम संचालन गर्ने कुरा बताए ।
प्रतिक्रिया