कानून व्यवसायी महिला राष्ट्रिय सम्मेलन आजदेखि सुरु
नेपालखोज
२०७७ चैत ६ गते १०:३७

काठमाडौं । ‘विषम् परिस्थितिमा न्यायमा पहुँच र समानमाः कानून व्यवसायी महिलाको प्रबिद्धता’ भन्ने नाराका साथ २९ औँ कानून व्यवसायी महिला राष्ट्रिय सम्मेलन आज (शुक्रबार)देखि सुरु हुँदैछ ।
नेपाल बार एसोसिएसन महिला समितिले भर्चुअलरुपमा गर्न लागेको सम्मेलनको उद्घाटन सर्वोच्च अदालतका न्यायाधीश सपना मल्लले उद्घाटन गर्नेछन् ।
प्रा.डा. शशि अधिकारीले कार्यपत्र प्रस्तुत गर्ने छन् । यसवर्ष विपद्, युद्ध र महामारीमा महिलामा नै बढी असर पर्ने भएकाले उनीहरुलाई न्यायमा पहुँच पुर्याउने भन्ने विषयमा सम्मेलनमा छलफल हुनेछ ।
बारको महिला समितिले प्रत्येक वर्ष महिलालाई न्यायमा पहुँच कसरी पुर्याउने भन्ने विषयमा फरकफरक विषयमा सम्मेलन गर्दै आएको छ । नेपालमा कूल कानून व्यवसायी महिला तीन हजार छन् । सम्मेलन भोलिसम्म हुने कार्यक्रम छ ।
सम्बन्धित

प्रतिक्रिया