शुक्रबार, जेठ ३, २०८२

कानून व्यवसायी महिलाको सम्मेलन आजबाट

नेपालखोज २०७७ चैत ६ गते १०:४४


काठमाडौं । ‘विषम् परिस्थितिमा न्यायमा पहुँच र समानताः कानून व्यवसायी महिलाको प्रबिद्धता’ भन्ने नाराका साथ २९ औँ कानून व्यवसायी महिला राष्ट्रिय सम्मेलन– २०७७ यही चैत ६ र ७ गते हुने भएको छ ।


नेपाल बार एसोसिएसन महिला समितिले भर्चुअलरुपमा गर्न लागेको सम्मेलनको उद्घाटन सर्वोच्च अदालतका न्यायाधीश सपना मल्लले उद्घाटन गर्दै हुनुहुन्छ । प्रा डा शशि अधिकारीले कार्यपत्र प्रस्तुत गर्नुहुनेछ ।


यसवर्ष विपद्, युद्ध र महामारीमा महिलामा नै बढी असर पर्ने भएकाले उनीहरुलाई न्यायमा पहुँच पु¥याउने भन्ने विषयमा सम्मेलनमा छलफल हुनेछ ।


बारको महिला समितिले प्रत्येक वर्ष महिलालाई न्यायमा पहुँच कसरी पुर्याउने भन्ने विषयमा फरक फरक विषयमा सम्मेलन गर्दै आएको छ। नेपालमा कूल कानून व्यवसायी महिला तीन हजार छन् ।

प्रतिक्रिया