मंगलबार, वैशाख ३०, २०८२

सी’ डिभिजन लिग फुटबल आज दुई खेल हुने

नेपालखोज २०७७ चैत ६ गते ११:०७

काठमाडौं । सहिद स्मारक ’सी’ डिभिजन लिग फुटबलमा आज दुई खेल हुने भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने पहिलो खेलमा सानेपा युथ क्लब र सामाजिक युवा क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

समूह ’बी’ मा रहेका सानेपा र सामाजिकबीचको खेल दिउँसो साढे १२ बजे सुरु हुनेछ । यस्तै दोस्रो खेलमा मनोहरा युनाईटेड क्लब र सानोगौचरण युथ क्लबबीच खेल हुनेछ । मनोहरा र सानोगौचरणबीचको खेल आज दिउँसो साढे ३ बजेबाट सुरु हुनेछ । आगामी चैत २४ गतेसम्म संचालन हुने लिगमा १४ टिमले प्रतिस्पर्धा गरिरहेका छन् ।

प्रतिक्रिया