बिहीबार, असार १९, २०८२

ललितपुरमा बिहानै आगलागी, एक व्यक्तिको मृत्यु

नेपालखोज २०७७ चैत ६ गते १३:०८


काठमाडौं । ललितपुर । ललितपुर महानगरपालिका–१४ नख्खीपोट मगरटोल बस्ने ७६ वर्षीया दानदेबी खड्गीको घरमा बिहीबार बिहान आगलागी हुँदा उनको जलेर मृत्यु भएको छ । आगलागीमा परी गम्भीर घाइते भएकी उनको पाटन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै आगलागीबाट कोठाका फर्निचर तथा लत्ताकपडाहरु जलेर करिब ७८ हजार ७ सय रुपैयाँ मूल्य बराबरको धनमाल नष्ट भएको छ ।

प्रतिक्रिया