सुन जस्तो देखिने पहेँलो धातु सहित एयरर्पोटबाट एक व्यक्ति पक्राउ

नेपालखोज २०७७ चैत ६ गते १३:११


काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ एरियाबाट करिब १ सय ग्राम बराबरको सुन जस्तो पहेलो धातुको १ थान औंठी र १ थान सुनको बाला सहित लमजुङ बाग्लुङपानी गाउँपालिका–१ घर भएकी ४२ वर्षीया शान्ति गौतमलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।


एअर अरेबियाको उडानद्वारा दुबईबाट काठमाडौं आगमन भएका यात्रुलाई भन्सार छली गर्न लगाई अवैध रुपमा उक्त धातु लैजान लागेको अवस्थामा फेला पारी शान्तिलाई प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया