भोलिको एमाले केन्द्रीय कमिटी बैठकमा वामदेव गौतम सहभागी हुने
नेपालखोज
२०७७ चैत ६ गते १५:०९

काठमाडौं । नेकपा एमालेको भोलि (शनिबार) बस्ने केन्द्रीय कमिटी बैठकमा उपाध्यक्ष वामदेव गौतम सहभागी हुने भएका छन् ।
ललितपुरमा अखिल नेपाल किसान महासंघको भेलालाई सम्बोधन गर्दै उपाध्यक्ष गौतमले बैठकबाटै पार्टीको समस्या समाधान गर्नुपर्नेमा जोड दिए । उनले वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपालसहिताका नेताहरू पनि भोलिको बैठकमा उपस्थित हुनुपर्नेमा जोड दिएका छन् ।
गौतमले बैठकबाटै समस्या समाधान गर्नुपर्ने समेत बताएका छन् ।
त्यस्तै गौतम बिहीबार बोलाइएको संसदीय दलको बैठकमा भने सहभागी भएका थिए् ।
सम्बन्धित

प्रतिक्रिया