छिटै हामी बालुवाटारमा हुन्छौं : नेता नेपाल

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले छिटै आफूहरु बालुवाटारमा हुने धारणा राखेका छन् । शुक्रबार काठमाडौंमा अखिल नेपााल महिला संघको राष्ट्रिय कार्यकता भेलामा नेता नेपालले ओली सिद्धान्तनिष्ट र आदर्शप्रति समर्पित हुन नसकेकाले आफूहरु विचारको लडाइँ लड्न बाध्य भएको बताए ।
केपी ओलीको व्यक्तिवाद र बिचलनले धेरै बिगारेको भन्दै अहिलेको लडाइँ विचारकै भएको उनले बताएका छन् । उनले अहिले क्रान्तिकारी पार्टी वा व्यक्तिवादी पार्टी बनाउने लडाँ भएको भन्दै पद वा जुँगाको लडाइँ नभएको पनि बताए । उनले ओलीको अहंकारकै कारण देश र पार्टी बिग्रेको आरोप लगाए ।
उनले समाजको परिवर्तन नै आफूहरुको मूल लक्ष्य भएको तर्क गरे । ओलीले ठिक ढंगले पार्टी नचलाएकोले आफूहरुले विरोध गरेको उनको तर्क थियो । उनले आफूहरुप्रति ओलीले हामी कहाँ छौ भनेर व्यङ्ग गरेको भन्दै छिटै आफूहरु बालुवाटारमा हुने धारणा पनि राखेका थिए । अब नेकपा एमालेलाई जनताप्रति समर्पित गर्दै शसक्त ढंगले समाजवादको बाटोमा अघि बढाउने उनले बताए ।

प्रतिक्रिया