नेकपा एमाले निकट युवा संघ नेपालको राष्ट्रिय कार्यकर्ताको भेला भोली

नेपालखोज २०७७ चैत ६ गते २०:४८

काठमाडौं। नेकपा (एमाले) निकट युवा संघ नेपालले चैत ७ गते (भोली) राष्ट्रिय कार्यकर्ताको भेला गर्ने भएको छ ।युवा संघ माधव कुमार नेपाल पक्षले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै चैत ७ गते (भोली) राष्ट्रिय सभागृहमा हुने राष्ट्रिय भेलालाई पार्टीका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले उद्घाटन गर्ने जानकारी दिएको हो ।

कार्यक्रममा बोल्दै राष्ट्रिय कार्यकर्ता भेला आयोजक कमिटीका संयोजक नरेश शाहीले चैत ७ गते आयोजना गर्ने ‘राष्ट्रिय भेला’ को सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए।

देशमा विकसित भएको राजनितिक घटनाक्रमले युवा आन्दोलनलाई पुनर्गठित गर्नुपर्ने आवश्यकता देखिएको उनले बताए । शाहीले सर्वोच्च अदालतको २३ फागुनको निर्णयले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच भएको एकतालाई खारेज गरेपछि पार्टी र पार्टीका भातृसंगठनका कमिटीहरुमा त्यसको प्रभाव परेको बताए ।

अदालतको निर्णयले पाटी र भातृसंगठनलाई ३ जेठ २०७५ भन्दा अगाडि पुर्याएको उनको भनाइ छ । भेलामा केन्द्रीय कमिटी सदस्य, निकायका सदस्य, विभागका सदस्य, जिल्ला तथा महिला विभागका प्रमुख लगायतको पदाधिकारीहरुको सहभागिता हुने संघले जनाएको छ ।

प्रतिक्रिया