कोभ्याक्सिनलाई नेपालमा आकस्मिक प्रयोगका लागि अनुमति

नेपालखोज २०७७ चैत ७ गते ९:३९

काठमाडौं । औषधि व्यवस्था विभागले अर्को एक कम्पनीलाई पनि कोरोना भाइरस विरुद्धको खोपलाई आकस्मिक प्रयोगका लागि अनुमति दिएको छ ।

औषधि व्यवस्था विभागका महानिर्देशक भरत भट्टराईले भारतीय कम्पनी भारत बायोन्टेक इन्टरनेशनल लिमिडेटले उत्पादन गरेको कोभिडबिरुद्धको खोप कोभ्याक्सिनलाई आकस्मिक प्रयोगका लागि अनुमति दिएको जानकारी दिए ।

यो सहित नेपालमा कोरोना विरुद्धको खोपको लागि अनुमति पाउने तीनवटा कम्पनी रहेका छन् । यसअघि कोभिसिल्ड र सिनोफार्मले आकस्मिक प्रयोगका लागि अनुमति पाइसकेका छन । महानिर्देशक भट्टराईले अझै नेपालमा प्रयोगका लागि दुईवटा कम्पनीले निवेदन दिएको बताए ।

प्रतिक्रिया