‘ओली दक्षिणपन्थी प्रवृत्तिमा चलिरहेका छन्’
नेपालखोज
२०७७ चैत ८ गते १४:३९

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओली दक्षिणपन्थी प्रवृत्तिमा चलिरहेको आरोप लगाएका छन् ।
आइतबार काठमाडौंमा युवा संघको प्रथम पूर्ण बैठक र सपथ ग्रहण कार्यक्रममा खनालले ओली दक्षिणपन्थी प्रवृत्तिमा चलिरहेको आरोप लगाउँदै सरकार र पार्टीलाई ओलीले मनपरी ढंगले चलाउन खोजेको पनि आरोप लगाएका छन् ।
विभिन्न पदाधिकारीलाई हटाउने, महाधिवेशन कमिटी बनाउने र विधान संशोधन गर्ने ओलीको निर्णय आफुहरुलाई मान्य हुन नसक्ने उनले बताए ।
ओलीले मन्त्रिपरिषदसमेत एकलौटी ढंगले विस्तार गरेको गुटलाई प्रश्रय दिएको उनले बताए । उनले संसद विघटन गर्ने असंवैधानिक कदमले मुलुकमा अस्थिरता बढेको बताए ।
सम्बन्धित

प्रतिक्रिया