आइतबार, जेठ ६, २०८१

चलचित्र उपकरण संघमा नयाँ नेतृत्व चयन

नेपालखोज २०७७ चैत ८ गते १५:२८

काठमाडौं । नेपाल चलचित्र उपकरण संघको नयाँ अध्यक्षमा विश्वप्रकाश गौचन चयन भएका छन् । गत असोज ५ गते विश्वको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो ।

संस्थाको शनिबार सम्पन्न १३ औं साधारण सभा तथा प्रथम विधान सभामा नवनिर्वाचित कार्यसमितिको घोषणा गरिएको थियो । समितिको उपाध्यक्षमा रमेश बुढाथोकी, महासचिवमा केशव घिमिरे, कोषाध्यक्ष जीवन थापा र सदस्यहरुमा माधव थापा, विष्णु कल्पित, रुद्र गुरुङ, मनोज राजभण्डारी, राजन पुरी, शान्तिराम थापा र चेतनाथ तिमल्सिना चयन भएका छन् ।

चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालको प्रमुख आतिथ्यतामा सम्पन्न सभामा संघका निवर्तमान महा–सचिव सम्राट सापकोटाले अध्यक्षता गरेका थिए ।

प्रतिक्रिया