मंगलबार, वैशाख २५, २०८१

भाइबर साइमनले पाए ‘नेपहपको श्रीपेज’को उपाधि

नेपालखोज २०७९ असार १९ गते १२:२१

काठमाडौं। हिपहप संगीतको पहिलो रियालिटी शो ‘नेपहपको श्रीपेज’को उपाधि भाइबर साइमनले जितेका छन् । शनिबार काठमाडौं स्थित सोल्टी होटेलमा भएको फिनालेमा अन्य प्रतिस्पर्धीलाई पछि पार्दै साइमन उपाधि जित्न सफल भएका हुन् ।

फाइनलमा भाइबर साइमनसहित बाबु बिलिभर, एमसी किङ्ग, जेनिस क्षेत्री र विशेष भट्टराई भिडेका थिए । उपाधि बिजेता भाइबरले नगद १० लाख रुपैयाँको साथमा रिलायन्स लाइफ इस्योरेन्सबाट ५० लाख रुपैयाँको बीमा, अनर मोबाइलको तर्फबाट एउटा स्मार्टफोन र विश्व भ्रमण गर्ने मौका जितेका छन् ।

यस्तै दोस्रो भएका जेनिसले नगद पाँच लाख रुपैयाँ र विश्व भ्रमण गर्ने अवसर पाएका छन् भने तेस्रो भएका बाबु बिलिभरले १ लाख नगदसँगै विश्व भ्रमण गर्ने मौका जितेका छन् ।

‘शो’को निर्णायक गिरिस खतिवडा, मानस घले र बालेन शाह हुन् ।

प्रतिक्रिया