आइतबार, वैशाख १६, २०८१

के विक्की र कैटरिना विवाह गर्दै छन् ?

नेपालखोज २०७८ भदौ ३ गते १३:२७

मुम्बई । बलिउड अभिनेता विक्की कौशल र कैटरिना कैफ आपसी सम्बन्धको कुरालाई लिएर केही समयदेखि चर्चामा रहँदै आएका छन् । यद्यपि विक्की र कैटरिनामध्ये कसैले पनि अहिलेसम्म यो रिलेशनसिपबारे मुख खोलेका छैनन् ।

तैपनि उनीहरुको रिलेशनसिपलाई लिएर बलिउड मिडिया बेलाबेलामा तात्तिने गरेको छ । यसबीच विक्की र कैटरिनाले सगाई (इन्गेजमेन्ट) गरेको खबर पनि आयो । उक्त खबरमा कति सच्चाइ छ त्यसको खुलासा विक्कीका पिताले हालै मात्र गरे ।

मुम्बईको फिल्मी खबरअनुसार विकी कौशलका पिता शाम कौशलले त्यो समाचारलाई गलत बताएका छन् । पिता कौशलले भनेका छन्, ‘होइन, यो खबरमा कुनै सत्यता छैन ।’ विक्की र कैटरिनाका अन्य केही निकटस्थहरुले पनि त्यसलाई उडन्ते खबर बताएका छन् ।

मुम्बईका चर्चित पापराजी फोटोग्राफर विरल भयानीले आफ्नो इन्स्टा एकाउन्टमा विक्की कौशल र कैटरिना कैफको फोटो सेयर गर्दै एक पोस्ट लेखेका थिए जसमा उनले उनीहरुको ‘रोका सेरिमनी’ को हल्ला चलेको कुरा उल्लेख गरेका थिए । यद्यपि पापराजी भयानीले केही बेरमै त्यो पोस्ट डिलिट गरिदिए । उक्त पोस्ट डिलिटपछि भयानीले इन्स्टाग्राममा अर्को पोस्ट राख्दै लेखे- ‘कैटरिना कैफ हिजो बान्द्रामा देखापरिन् । त्यसअघि उनको टिमले मलाई फोन गरेर भन्यो कि सगाईको समाचार सत्य होइन । त्यसैले मैले तुरुन्त इन्स्टाग्रामको आफ्नो पोस्ट डिलिट गरिदिएँ ।’

यसअघि कौशलका मित्र हर्षवर्द्धन कपुरले पुष्टि गरेका थिए कि वास्तवमा कौशल र कैटरिना एकसाथ छन् । ‘विक्की र कैटरिना एक साथ छन्, यो सत्य हो,’ उनले भनेका थिए, ‘ यसोभन्दा मलाई अप्ठ्यारो हुन्छ कि हुँदैन मलाई थाहा छैन तर मलाई लाग्छ उनीहरु यो विषयमा काफी खुलेका छन् ।’ विक्की कौशल र कैटरिना कैफलाई कैंयन् कार्यक्रम तथा डेट्समा एकसाथ देखिएको छ । पहिलोपटक उनीहरु २०१९ को एक दिपावली पार्टीमा एकसाथ देखिएका थिए ।

Katrina Kaif and Vicky Kaushal engaged? Her team answers - Movies News

प्रतिक्रिया