शनिबार, वैशाख ८, २०८१

‘सिंघम’ बन्यो अजयको ‘टर्निङ पोइन्ट’

नेपालखोज २०७७ चैत ८ गते १६:३३

मुम्बई । रोहित सेट्टी बलिउडका एक चर्चित निर्देशक हुन् । एक्सन र कमेडी चलचित्र निर्माताका रूपमा उनी परिचित छन् । उनीद्वारा निर्देशित चलचित्र बलिउडमा एक छुट्टै छाप छोड्न सफल भएका छन् ।

बलिउड अभिनेता अजय देवगनसँग रोहित सेट्टीले थुप्र्रै चलचित्रमा काम गरिसकेका छन् । रोहित शेट्टीले आफ्नो करियरको शुरुवात नै अजय देवगनको सुपरहिट चलचित्र ‘फूल औैर कांटे’ बाट गरेका थिए । यो फिल्ममा रोहितले एक असिस्टेन्ट डायरेक्टरको रुपमा काम गरेका थिए ।

यसपछि पनि रोहितले अजय देवगनको ‘जमिन’ नामक चलचित्रबाट मुख्य निर्देशकको रुपमा आगाडी फट्को मारे । एक्सनको हस्तीको रुपमा उदाएका रोहिले जब कमेडीको जादु चलाए एकपछि अर्को सफलताको सिढी चढ्दै गए ।

सन् २००६ मा मल्टी स्टार कमेडी चलचित्र ‘गोलमाल’को निर्माणसँग रोहितले करियरमा कहिले पछाडि फर्किनु परेन । यसपछि ‘बाद सन्डे’, ‘गोलमाल रिटन्र्स’, ‘अल द बेस्ट’ र ‘गोलमाल ३’ जस्ता कमेडी चलचित्रमार्फत सफलताको उचाइ चुम्दै गए । यी सबै चलचित्रमा उनका नायक थिए, अजय देवगन ।

सन् २०११ मा अजय देवगनसँग रोहितले चलचित्रमा नयाँ प्रयोग गरे । जुन चलचित्र निकै सुपरडुपर हिट साबित भयो । ‘सिंघम’ले दर्शकको मन जित्न सफल भयो । यो चलचित्र रोहितको करियरकै सबैभन्दा सफल चलचित्र त रह्यो नै अजय देवगनको करियरमा पनि टर्निङ् पोइन्ट साबित भयो । यो चलचित्रमार्फत अजय देवगनले लामो समयपछि एक्सन अभिनेताको अवतामा देखापरे जुन दर्शकले निकै मनपराएका थिए । –आजतक

प्रतिक्रिया