मंगलबार, वैशाख ३०, २०८२

इलाम आमन्त्रण खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि आर्मीलाई

नेपालखोज २०७७ चैत ८ गते १६:५७

इलाम । त्रिभुवन आर्मी क्लबले दोस्रो संस्करणको इलाम आमन्त्रण खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ । आजको फाइनल खेलमा भारतीय खेलाडी सम्मिलित विमान ट्रेडर्स विर्तामोडलाई पराजित गर्दै आर्मीले उपाधि जितेको हो ।

इलामको ठूलो टुँडिखेलमा भएको फाइनलमा आर्मीले विमानलाई ३-२ को सेटमा पराजित गर्दै उपाधि जितेको हो । आर्मीले विमानलाई १७-२५, २२-२५, २५-१४, २५-१८ र १५-१२ ले हराउँदै उपाधि जितेको हो ।

सुरुवाती दुई सेट गुमाएको आर्मीले त्यसपछि उत्कृष्ट प्रर्दशनका साथ लगातार तीन सेट जित्दै उपाधि जितेको हो । आर्मीले विमानलाई समूह चरणमा ३-२ ले पराजित गरेको थियो । उपाधिसँगै आर्मीले २ लाख नगद पुरस्कार जितेको छ । उपबिजेता बनेको विमानले १ लाख प्राप्त गरेको छ।

प्रतियोगिताको सेमिफाइनलमा आर्मीले नेपाल पुलिस क्लबलाई तथा विमानले नेपाल एपीएफ क्लबलाई पराजित गर्दै फाइनलमा स्थान बनाएका थिए । आर्मी समूह ‘ए’ को विजेता तथा विमान उपविजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेका थिए ।

प्रतिक्रिया