मेयर कप महिला क्रिकेटको विजेताले ३ लाख पाउने

काठमाडौं । पहिलो संस्करणको ललितपुर मेयर कप महिला क्रिकेट प्रतियोगिताको विजेताले ३ लाख नगद पुरस्कार प्राप्त गर्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको विजेताले ३ लाख पाउने जनाएको छ ।
त्यस्तै उपविजेताले १ अल्ख ५० हजार पाउने क्यानले जनाएको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले २५ हजार प्राप्त गर्दा उत्कृष्ट बलर र ब्याट्सम्यानले १५र१५ हजार पाउने छन् ।
हरेक खेलको प्लेयर अफ दि म्याचले ३ हजार पाउने छन् । टियु क्रिकेट मैदानमा हुने प्रतियोगितामा हुने प्रतियोगिता चैत २१ गतेबाट २८ गतेसम्म आयोजना हुनेछ । प्रतियोगितामा पाँच टिमको सहभागिता रहने छ । सहभागी टिम मध्ये एक टिम ललितपुर मेयर्स-११ रहने छ ।
राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिता टी-ट्वान्टी फर्म्याटको हुनेछ । क्यानले ललितपुर महानगरपालिकासँगको सहकार्यमा मेयर कप महिला क्रिकेट आयोजना गर्न लागेको हो । प्रतियोगिता आयोजनाका लागि ललितपुर महानगरपालिकाले क्यानलाई २० लाख उपलब्ध गराउने छ ।
प्रतिक्रिया