बङ्गलादेशमा दुई छुट्टाछुट्टै सडक दुर्घटनामा १२ जनाको मृत्यु, दर्जनौ घाइते

ढाका । राजधानी ढाकाबाट १०१ किलोमिटर टाढा रहेको बङ्गलादेशको मध्य फरीदपुर जिल्लामा दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा कम्तीमा आठ जनाको मृत्यु भएको छ ।
एक राजमार्ग प्रहरी अधिकारी मोहम्मद रसेलले घटनाबारे पुष्टि गरेका छन् । उनले फरीदपुरमा आइतवार बिहान दुई अलग ठाउँमा भएका दुर्घटनामा कम्तीमा १२ जनाको मृत्यु भएको र अन्य दर्जनौं घाइते भएको बताए ।
त्यसैगरी शनिबार दिउँसो ढाकाबाट उत्तरपश्चिमी क्षेत्रमा बोगुरा जिल्लामा दुईवटा बस एक अपसमा ठोक्किँदा कम्तिमा चार जनाको मृत्यु भएको थियो भने अन्य १० जना घाइते भएको स्थानीय विपत् व्यवस्थापन सेवा तथा सुरक्षा कार्यालयका अधिकारी रतन हुसेनले बताए ।
बङ्गलादेशमा दुर्गम भूगोल कमजोर राजमार्ग सेवा, पूराना सवारी साधनको प्रयोग र चालकहरूले ट्राफिक नियमको उल्लंघन र ट्राफिक विभागको अनुगमनको अभावका कारण बर्षेनी हजारौँ मानिसले अकालमा ज्यान गुमाउने गरेका छन् । बङ्गलादेश विश्वमा सडक दुर्घटनाका कारण उच्च मृत्यु दर रहेको मुलुकमध्ये एक हो ।
प्रतिक्रिया