जुभेन्टस बेनेभेन्टोसँग घरमै पराजित
नेपालखोज
२०७७ चैत ९ गते ७:५२

काठमाडौं । इटालियन सिरी ए फुटबलमा डिफेन्डिङ च्याम्पियन जुभेन्ट्स घरमै पराजित भएको छ । यसबाट ऊ उपाधि होडबाट पनि टाढिँदै गएको हो । युभेन्ट्स घरेलु मैदानमै बेनेभेन्टोसँग १–० गोल अन्तरले पराजित भएको छ ।
बेनेभेन्टोलाई जित दिलाउन एडोल्फो गाइचले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ६९ औं मिनेटमा एडोल्फोले निर्णायक गोल गरेका हुन् ।
फुटबलका वर्तमान सदावहार प्रतिद्वन्दी लियोनल मेस्सीले आइतबार रेकर्ड बनाउँदा भने क्रिष्टियानो रोनाल्डोले घरेलु मैदानमै युभेन्ट्सलाई जिताउन सकेनन् ।
सम्बन्धित
प्रतिक्रिया