राष्ट्रपति विद्यादेवी भण्डारी पुगिन् बंगलादेश
नेपालखोज
२०७७ चैत ९ गते १३:१७

काठमाडौं । राजकीय भ्रमणका लागि राष्ट्रपति विद्यादेवी भण्डारी बंगलादेश पुगेकी छिन् ।
नेपाल वायु सेवा निगमको विमानमार्फत् राष्ट्रपति भण्डारी दुईदिने राजकीय भ्रमणका लागि बंगलादेशको राजधानी ढाका पुगेकी हुन् ।
बिहान ८ बजेर ३७ मिनेटमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट राष्ट्रपति भण्डारीको टोली ढाका पुगेको विमानस्थल कार्यालयले जनाएको छ ।
भ्रमणका क्रममा विभिन्न समझदारीपत्रमा हस्ताक्षर हुने पनि जनाइएको छ ।
सम्बन्धित

प्रतिक्रिया