‘स्थानीय तह निर्वाचनमा कांग्रेस बाहेकको गठबन्धन बन्न सक्छ’

काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता गंगालाल तुलाधरले आगामी स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस बाहेकको गठबन्धन बन्नसक्ने बताएका छन् । केन्द्रिय कमिटीको आज तेस्रो बैठकमा उनले गठबन्धनमा नेपाली कांग्रेस सहभागी नबने काँग्रेस स्वयंलाई घाटा हुने बताका हुन् ।
स्थानीय तहको निर्वाचनमा नेता तुलाधरले नेपाली कांग्रेस गठबन्धनबाट छुट्टिने दोस्रो तहका नेताहरुको भनाइ सस्तो लोकप्रियताका लागि मात्रै भएको बताए । उनले चर्को नारा र अर्काको आलोचना गर्दा भोट पाइन्छ भन्ने मनोविज्ञानबाट ग्रसित केही नेताहरुले आगामी निर्वाचनमा आफ्नो पल्लाभारी गर्नको लागि आगामी निर्वाचनमा काँग्रेस गठबन्धनबाट नजाने भनिरहेको आरोप लगाए । नेता तुलाधरले नेपाली कांग्रेसका सभापति एवं शीर्ष नेताहरु भने गठबन्धनसहित आगामी निर्वाचनमा जाने पक्षमा रहेको बताए ।
नेता तुलाधरले गठबन्धन पाँच दललाई नै आवश्यक रहेकोले स्थानीय चुनावमात्रै नभइ प्रदेश र संघीय चुनावमा पनि गठबन्धनका लागि प्रयत्न गर्न आवश्यक रहेको बताए । नेता तुलाधरले चुनाव प्रचारप्रसारका लागि ५ हजारको हाराहारीमा कमिटी बनिसकेको र अबको डेढ महिनाभित्र केन्द्रिय सदस्यलाई वडा तहसम्म परिचालित गर्ने कार्यक्रम लिएर जनतामा जाने बताए ।
प्रतिक्रिया