भक्तपुरको एक मःम पसलमा ग्याँस सिलिण्डर पड्किँदा ६ जना घाइते

नेपालखोज २०७७ चैत ९ गते १०:३०

काठमाडौं । भक्तपुरको एक मःम पसलमा खाजा बनाउने बेला ग्याँस सलिण्डर पड्किएर आगलागी भएको छ । गएराति सूर्यविनायक नगरपालिका–५ सिर्जनानगरस्थित भीमेश्वर मःम एण्ड चिकेन हाउसमा आगलागी हुँदा सञ्चालकसहित ६ जना घाइते भएको प्रहरीले जनाएको छ ।

आगलागीमा पसल सञ्चालक दोलखा सैलुङ गाउँपालिका–६ घर भई सूर्यविनायक–४ दधिकोट बस्ने ३९ वर्षीय टीकाराम बस्नेत, उनका नातेदार काठमाण्डौ कोटेश्वर बस्ने ३३ वर्षीय राजेन्द्र कार्की र ३९ वर्षीया गीता कार्की घाइते भएका छन् ।

उनीहरुलाई ईवामुरा अस्पतालमा सामान्य उपचार पछि कीर्तिपुर बर्न सेन्टर अस्पतालमा रिफर गरिएको छ । यस्तै, आगलागीमा ३ जना ग्राहक पनि घाइते भएका छन् । झापा विश्वशान्ति गाउँपालिका–२ घर भई भक्तपुरको सल्लाघारी बस्ने १९ वर्षीय आदित्य सुवेदी, भक्तपुर सुर्यविनायक– ५ कटुन्जे बस्ने वर्ष १७ वर्षीय विकास पौडेल र सोही ठाउँ बस्ने १६ वर्षीय हिमुन्स थापा घाइते भएका हुन् ।

उनीहरु पनि मध्यपुर अस्पतालमा सामान्य उपचारपछि कीर्तिपुर बर्न सेन्टरमै रिफर भैसकेको जिल्ला प्रहरी कार्यालय भक्तपुरले जानकारी दिएको छ । घाइते ६ जनाकै शरीरका विभिन्न भाग जलेको छ ।

प्रतिक्रिया