तीन दिनभित्र स्पष्टीकरण दिन नेपालसहित चार नेतालाई पत्र
नेपालखोज
२०७७ चैत ९ गते १३:१३

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसहित चार नेतालाई स्पष्टीकरण सोध्दै पार्टीले सोमबार पत्र पठाएको छ । पार्टीको विधान र हितविपरीत गतिविधि गरेको भन्दै नेता नेपाल, उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेलाई स्पष्टीकरणकालागि पत्र पठाएको हो । पत्रमा तीन दिनभित्र चित्तबुझ्दो जवाफ दिन भनिएको छ ।
गत शनिबार प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा बसेको केन्द्रीय कमिटीको बैठकले ति नेताहरुलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । सोही निर्णयको आधारमा महासचिव ईश्वर पोखरेलले हस्ताक्षर रहेको पत्र नेताहरुलाई पठाइएको हो । वरिष्ठ नेता नेपाल र स्थायी कमिटी सदस्य पाण्डेले पत्र बुझे पनि उपाध्यक्ष रावल र उपमहासचिव भुसालले भने बुझिसकेका छैनन् ।
सम्बन्धित

प्रतिक्रिया