राष्ट्रपति भण्डारीलाई बंगलादेशी समकक्षी हमिदद्वारा स्वागत

नेपालखोज २०७७ चैत ९ गते १३:४१

काठमाडौ‌ । दुईदिने राजकीय भ्रमणमा बंगलादेशको राजधानि ढाका पुगेकी राष्ट्रपति विद्यादेवी भण्डारीलाई समकक्षी अब्दुल हमिदले स्वागत गरेका छन् । राष्ट्रपति भण्डारी सोमबार बिहान नेपाल एयरलाइन्सको उडान नम्बर आर ए ००१ मार्फत ढाकास्थित हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समयअनुसार १० बजे अवतरण गरेकी हुन् ।

राष्ट्रपति भण्डारीको स्वागतकालागि बंगलादेशका विदेशमन्त्री ए के अब्दुल मोमेन, स्वास्थ्यमन्त्री जाहिद मालिकी, रेलमन्त्री नुरुल इस्लाम सुजोन, विदेश राज्यमन्त्री मोहम्मद शाहरिरार आलमलगायतको उपस्थिति थियो ।

त्यस क्रममा राष्ट्रपति भण्डारीको सम्मानमा बंगलादेशी सेनाले गार्ड अफ अनरसहित २१ तोपको सलामी दिएको थियो ।

राष्ट्रपति भण्डारी समकक्षी अब्दुल हमिदको निमन्त्रणा र बंगलादेशका राष्ट्रिय पिता बंगलाबन्धुको सयौं जन्मजयन्तीका अवसरमा पारेर बंगलादेश गएकी हुन् ।

प्रतिक्रिया