शुक्रबार, वैशाख १४, २०८१

विलासी गाडीको आयातमा लगाएको बन्देज हट्यो

नेपालखोज २०७७ चैत ९ गते २०:१४

काठमाडौं । सरकारले विलासी गाडीको आयातमा लगाएको बन्देज हटाएको छ । मङ्गलवार राजपत्रमा सूचना प्रकाशित गरेर सरकारले गएको वर्षको चैत १६ गतेदेखि लगाएको बन्देज हटाउँदै ५० हजार डलरभन्दा महँगा गाडीको आयात खुला गरेको हो ।

गएको वर्षको चैत १६ गतेदेखि सरकारले ५० हजार डलरभन्दा महँगा गाडी आयातमा रोक लगाएको थियो ।

यस्तै सरकारले मरिच, केराउ, छोकडा र सुपारी आयातमा लगाइएको बन्देज हटाएर कोटा निर्धारण गरेको छ । अब वार्षिक ८० हजार मेट्रिक टन केराउ, २५ हजार टन सुपारी, पाँच हजार मेट्रिक टन छोकडा र १५ हजार टन नधुल्याएको मरिच आयात गर्न पाइनेछ ।

प्रतिक्रिया