मंगलबार सुनचाँदीको मूल्यमा सामान्य गिरावट
नेपालखोज
२०७७ चैत १० गते ११:१२

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सोमबार ८७ हजारमा कारोबार भएको सुनको मूल्यमा मंगलबार ३ सयले घटेर प्रतितोला ८६ हजार ७ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला ८६ हजार २ सय ५० रुपैयाँ कायम रहेको छ ।
मंगलबार चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ । सोमबार एक हजार दुई सय ६० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्यमा मंगलबार १० रुपैयाँले घटेर प्रतितोला एक हजार दुई सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया