माछापुच्छ्रे बैंकको सहयोगमा ट्राफिक लाइट जडान

काठमाडौं । माछापुच्छ्रे बैंकले ट्राफिक व्यवस्थालाई सघाउने उद्देश्यले काठमाण्डौँको लैनचौर चोक तथा राष्ट्रपति निवाससँगै रहेको पुलिस एकेडेमी चोकमा ट्राफिक लाईट जडान गरिएको छ । सोमबार एक कार्यक्रमका बिच माछापुच्छ्रे बैंकका संचालक रोशन केसी र विश्व प्रकाश गौतमले उक्त ट्राफिक लाईट महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी बरिष्ठ उपरिक्षक जनक भट्टराईलाई हस्तान्तरण गरे । सवारी आवागमनलाई सुरक्षित एंव व्यवस्थित बनाउने विश्वासका साथ बैंकले उक्त स्थानमा ट्राफिक लाईट जडान गरेको हो ।

हस्तान्तरण पछि औपचारीक कार्यक्रममा बोल्दै माछापुच्छ्रे बैंकका कार्यकारी अधिकृत सन्तोष कोइरालाले ट्राफिक लाईटको अभावका कारण सवारी आवागमनमा समस्या देखिएका कारण बैंकले सामाजिक उत्तरदायित्व अन्र्तगत ट्राफिक लाईटहरु हस्तान्तरण गरेको बताए । यस्तै, बरिष्ठ उपरिक्षक भट्टराईले माछापुच्छ्रे बैंकले प्रदान गरेका ट्राफिक लाईटहरुले आम नागरिकमा ट्राफिक नियमको पालना गराउनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया