शुक्रबार, वैशाख ७, २०८१

कांग्रेस नेता सिंहले खोले महाधिवेशन सम्पर्क कार्यालय

नेपालखोज २०७८ मंसिर २१ गते १४:२१

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले १४ औँ महाधिवेशनका लागि सम्पर्क कार्यालय खोलेका छन् । उनले सिंहदरबार अगाडि स्काइ बैकेटस्थित पूरानो नेसनल ट्रेडिङको कार्यालय रहेको भवनमा आजदेखि सम्पर्क कार्यालय सुरु गरेका हुन् ।

नेता सिंहले महाधिवेशनको समयमा सबैलाई आवातजावत र भेटघाट गर्न सहज होस भनेर कार्यालय खोलिएको बताएका छन् । महाधिवेशन अवधिभर हरेक दिन बिहान ८ बजेसम्म दिनभरिनै यस कार्यालयबाट भेटघाट गरिने सिंहको भनाइ छ ।

सिंहदरबार अगाडिको सम्पर्क कार्यालयमा पत्रकारसँग कुरा गर्दै सिंहले भने, सहमतिको उम्मेद्वार बनाउने प्रयास हुँदैछ, हामी मिल्न सकेनौं भने प्रजातान्त्रिक प्रक्रिया अपनाउने छौँ ।’ नेता सिंहले सहमतिको सम्भावना अझै पनि बाँकी रहेको बताउँदै कुरा मिल्न भने सजिलो नभएको जनाएका छन् ।

प्रतिक्रिया