चैत १८ गते बस्‍ने गरी संसद् बैठक स्थगित

नेपालखोज २०७७ चैत १० गते १४:०७

काठमाडौं । प्रतिनिधिसभाको बैठक चैत १८ गते अपराह्‌न १ बजे बस्‍ने गरी स्थगित भएको छ । आज बसेको बैठकमा सांसदहरुले आ-आफ्नो धारणा राखेका थिए ।

प्रतिनिधिसभाको आजको बैठकमा न्याय परिषद् र न्याय सेवा आयोग तथा महान्यायाधिवक्ता कार्यालयको आर्थिक वर्ष ०७६/७७ को वार्षिक प्रतिवेदन पेस गरिएको छ । प्रधानमन्त्रीका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले सदनसमक्ष ती दुवै प्रतिवेदन पेस गरेका हुन् ।

प्रतिनिधिसभा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति सभापति विमलप्रसाद श्रीवास्तवले उक्त समितिको वार्षिक प्रतिवेदन २०७७ पनि सदनसमक्ष पेस गरेका थिए ।

प्रतिक्रिया