बिहीबार, वैशाख १३, २०८१

नेपालमा ओपो एफ१९ प्रो को विक्रि आरम्भ

नेपालखोज २०७७ चैत १० गते २१:४७

काठमाडौं । ओपोले नेपालमा एफ १९ प्रोको विक्रि आरम्भ गरेको छ । कम्पनीले देशभर रहेका प्रमुख अफ लाईन रिटेल स्टोर्स मार्फत स्मार्टफोनको विक्रिखुल्ला गरेको हो ।

मार्च १६ मा एक अनलाइन लञ्च ईभेन्टमार्फत ओपोले नेपालका लागि आफ्नो फ्ल्यागशिप मोडल ओपो एफ १९ प्रोका साथमा ओपो ब्याण्ड स्टाइल र ओपो एफ १९ पनि सार्वजनिक गरेको थियो । नेपालमा ओपोको तेस्रो अनलाईन लाइभ लञ्च ईभेन्टमा नेपाली मनोरञ्जन जगतका चर्चित हस्तिहरु, ओपोका ब्राण्ड फ्रेन्ड तथा नायिका स्वस्तिमा खड्का, गायिक/गीतकार तथा संगीतकार तृष्णा गुरुङ्ग र पारम्परिक नेपाली लोक बाद्यबादन उपकरण ईन्सेम्बल कुटुम्ब ब्याण्ड लगायतको उपस्थिती रहको थियो ।

नेपालमा ओपो एफ १९ प्रोको मूल्यः
८जीबी र्‍याम र १२८जीबी सञ्चय क्षमताका साथमा उपलब्ध गरिएको ओपो एफ १९ प्रोको मूल्य नेपालमा रु. ४४ हजार ९ सय ९० तोकिएको छ । कम्पनीले स्मार्टफोन फ्यान्ट्यास्टिक पर्पल र फ्ल्यूइड ब्ल्याक गरी दूई आकर्षक रंगमा उपलब्ध गराएको छ ।

फोनका विशेषताबारे संक्षिप्त जानकारी
ओपो एफ १९ प्रोमा ६.४३ ईञ्च पञ्च-होल एमोलेड डिस्प्लेका साथमा सेल्फीका लागि ३२ एमपी फ्रण्ट फेसिङ क्यामेरा दिइएको छ । यस स्मार्टफोनको ब्याक प्यानलमा ४८ एमपी क्वाड क्यामेरा सहित ४ओटा क्यामेरा सेन्सरको ब्यवस्था गरिएको छ ।

तिनमा ४८ एमपीको प्राइमरी क्यामेरा, ८ एमपी अल्ट्रा वाइट, २एमपीमाक्रो र २एमपीमोनो क्यामेरा रहेका छन् । अल्ट्रा स्लिम डिजाइनका लागि पनि एफसिरिज परिचित छ । एफ १९ प्रोमा पनि कम्पनीले यसलाई प्राथमिकताका साथ निरन्तरता दिएको छ । थ्रीडी कभ्र्ड ब्याट्री र ७.८एमएम अल्ट्रा स्लिम बडी सहितको यो फोनको वजनजम्मा १७२ ग्राममात्र रहेको छ ।

एप स्टार्टअप टाइममा तिब्रताका साथै, थप प्रतिक्रियात्मक अनस्क्रिन टच र न्यून ल्यागका लागि एफ १९ प्रोमा २.२ जीएचजेड सम्म सञ्चाल नहुने २ एआरएम कोरटेक्स ए७५ प्राइम कोर्स र २.० जी एचजेड सम्म क्षमताका साथ सञ्चाल नहुने ६ एआरएम कोरटेक्सए ५५ सहितको शक्तिशाली मिडियाटेक हेलियो पी९५ ओक्टा कोर प्रोसेसरको प्रयोग गरिएको छ ।

त्यसैगरी, फोनको प्रदर्शनीमा अझ उत्कृष्टता दिने सोचक साथयसमा ३० वाट भोक फ्ल्याशचार्ज ४.० प्रविधि सुसज्जित ४,३१० एमएएच क्षमताको ब्याट्री जडान गरिएको छ । साथै, प्रयोगकर्ताको सुरक्षामा विशेष ध्यान दिँदै फोनमा ईन-डिस्प्ले फिंगरप्रिन्ट स्क्यानर र उपकरण अनलकिङका लागि फेस अनलक प्रविधि पनि उपलब्ध गरिएको छ ।

ओपो एफ १९ प्रो मा कलर ओएस ११ सञ्चालन प्रणालीको ब्यवस्था गरिएको छ । यसले गर्दा ओपो एफ१९ प्रो मल्टि टास्किङ गरिरहनुपर्ने प्रयोगकर्ताहरुका लागि तिब्र कार्य सम्पादनका लागि उपयुक्त छ ।

ओपो ब्याण्ड स्टाइलको पनि विक्रि खुल्लाः
एफ १९ प्रोका साथै ओपोले नेपालमा आफ्ना आई ओटी उपकरणको श्रेणीमा थप बृद्धि गर्दै ओपो ब्याण्ड स्टाइल पनि आजैका मितिबाट उपलब्ध गराएको छ ।

मूल्य रु. ५ हजार ५ सय तोकिएको ओपो ब्याण्ड स्टाईल कालो र भ्यानिला गरी दूई आकर्षक रंगमा उपलब्ध गरिएको छ । यसमा कम्पनीले आकर्षक मेटल बकल डिजाइन अपनाएको छ । यो डिजाइनका कारण प्रयोगकर्ताले रिस्ट ब्याण्डलाई लगाउँदा आफ्नो आराम अनुसार आवश्यकता र आरामदायिता अनुभवका लागि ३६० डिग्री सम्म समायोजन गर्न सक्छन् ।

प्रतिक्रिया