बिहीबार, वैशाख १३, २०८१

एप्पलले ल्यायो संसारकै सबैभन्दा पातलो म्याकबुक

नेपालखोज २०८० जेठ २३ गते ११:५८

क्यार्लिफोनिया । एप्पलले विश्वव्यापी विकासकर्ता सम्मेलनमार्फत पहिलो पटक १५ इन्चको म्याकबुक लन्च गरेको छ।

यो विश्वको सबैभन्दा पातलो १५ इन्चको म्याबुक हो। यसको गति इन्टेल आधारित म्याकबुक एयर भन्दा १२ गुणा बढी छ। एप्पलको नयाँ १५ इन्चको म्याकबुक एयर १,२९९ डलरमा बिक्री गर्ने जनाएको छ।

एप्पलको विश्वव्यापी विकासकर्ता सम्मेलन जुन छ मा भारतीय समय अनुसार राति १०ः३० बजे सुरु भएको थियो। साथै, एप्पलले भिजन प्रो नामक भर्चुअल रियालिटी हेडसेटसमेत लन्च गरेको छ।

कार्यक्रममा एप्पलले १५ इन्चको डिस्प्लेको म्याकबुक एयर र म्याक स्टुडियो मोडल सार्वजनिक गरेको छ। एप्पलले एम टु अल्ट्रा चिपसेट भएको नयाँ म्याक्स स्टुडियो लन्च गरेको छ।

यो इन्टेलमा आधारित म्याक प्रो भन्दा ३ गुणा छिटो रहेको कम्पनीको दाबी छ, जसले १९२ जीबीको आन्तरिक मेमोरी प्राप्त गर्नेछ। यो कार्यक्रम क्यालिफोर्नियाको क्युपर्टिनोस्थित एप्पल पार्कमा जुन ९ सम्म चल्नेछ।

प्रतिक्रिया