मोटरसाइकलको ट्यांकीमा लागु औषध

नेपालखोज २०७७ चैत ११ गते ८:५७

जनकपुरधाम । मोटरसाइकलको ट्यांकीभित्र लागुऔषध लुकाएको अवस्थामा सर्लाही प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

नबलपुर-मलंगवा सडकखण्डअन्तर्गत हरिपुर नगरपालिका ४ बाट विशेष सूचनाको अधारमा चेकजाँच गर्ने क्रममा मोटरसाइकलको तेल ट्यांकीमा लागुऔषध लुकाएको अवस्थामा एकजनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

मलंगवाबाट नबलपुरतर्फ आउँदै गरेको बीआर३ एफ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा तेल ट्यांकीमा लुकाई राखेको क्लोरफेनिरेमाइन माइलिट ७ थान, कोडिन फस्फेट सिरप-वाइनक्यारेक्स लेखिएको ५९ बोतल फेला परेको सर्लाही प्रहरीका प्रबक्ता मदन कुँवरले जानकारी दिए ।

प्रतिक्रिया