किन सार्दै छ एमालेले केन्द्रीय कार्यालय ?
नेपालखोज
२०७७ चैत ११ गते ११:५५
काठमाडौं । नेकपा एमालेले आफ्नो केन्द्रीय कार्यालय सार्ने तयारी गरेको छ । जसका लागि एमालेले विभिन्न नयाँ स्थानको खोजीमा रहेको जनाएको छ ।
बल्खुमा रहेको पार्टी कार्यालय २०७२ को भूकम्पले भत्काएपछि धुम्बाराहीमा सरेको थियो । तत्कालीन समयमा मासिक एक लाख ५० हजार रुपैयाँ भाडा तिर्ने सम्झौतामा पासाङ ल्हामु स्मृति प्रतिष्ठानमा सरेको केन्द्रीय कार्यालयको एमालेले अहिले एक लाख ८० हजार रुपैयाँ मासिक भाडा दिँदै आएको थियो ।
धुम्बाराहीमा रहेको कार्यालय खाली गर्न प्रतिष्ठानले आग्रह गरेपछि एमालेले पार्टी कार्यालयमा सार्न लागेको हो । नयाँ स्थानको खोजी गर्ने क्रममा थापाथलीमा रहेको एक मारवाडीको घरमा सार्ने सम्भावना रहेको एक नेताले जानकारी दिए । ‘थापाथलीस्थित सञ्जय अग्रवालको घरमा पार्टी कार्यालय सार्ने तयारी भएको छ र सम्भवत सम्झौता पनि चाँडै होला,’ ती नेताले भने ।
सम्बन्धित
प्रतिक्रिया