प्रस्तावित नयाँ पार्टी कार्यालय अवलोकन गर्न थापाथली पुगे ओली
नेपालखोज
२०७७ चैत ११ गते १२:२९

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली थापाथली आइपुगेका छन् । नेकपा एमालेले आफ्नो केन्द्रीय कार्यालय सार्न लागेकाले प्रस्तावित नयाँ कार्यालयको अनुगमन गर्न ओली थापाथली पुगेका हुन् ।
किन सार्दै छ एमालेले केन्द्रीय कार्यालय ?
धुम्बाराहीमा रहेको कार्यालय खाली गर्न पासाङ ल्हामु स्मृति प्रतिष्ठानले आग्रह गरेपछि एमालेले पार्टी कार्यालयमा सार्न लागेको हो । थापाथलीस्थित सञ्जय अग्रवालको घरमा पार्टी कार्यालय सार्ने तयारी भएकाले उक्त घरको अवलोकन गर्न ओली त्यहा पुगेका हुन् ।
यसअघि बल्खुमा रहेको पार्टी कार्यालय २०७२ को भूकम्पले भत्काएपछि धुम्बाराहीमा सरेको थियो ।
सम्बन्धित

प्रतिक्रिया