करणी गरेको अभियोगमा दुई जना पक्राउ
नेपालखोज
२०७७ चैत ११ गते १६:३१

झापा । बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा दुुई जना पक्राउ परेका छन् । १३ वर्षीया बालिका करणी गरेको अभियोगमा मंगलबार दिउँसो प्रहरीले शिवसताक्षी नगरपालिका–१० का २४ वर्षीय गणेश चौधरी र सोही नगरपालिका–९ बस्ने २३ वर्षीय रविन बिकलाई पक्राउ गरेको हो ।
शिवसताक्षी नगरपालिका–७ रुदिलास्थित केराघारी बाँसको झ्याङमा आइतबार उनीहरूले ती बालिकालाई जबरजस्ती करणी गरेका थिए । ईलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया