बुधबार, असार ११, २०८२

सुनको मूल्य बढ्दा चाँदीको घट्यो

नेपालखोज २०७७ चैत १२ गते ११:१६

काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । बुधबार ८६ हजार ७ सयमा कारोबार भएको सुनको मूल्यमा २ सय रुपैयाँले बढेर प्रतितोला ८६ हजार ९ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज तेजाबी सुनको मूल्य ८६ हजार ४ सय ५० कायम रहेको छ ।

बिहीबार चाँदीको मूल्य भने घटेको छ । बुधबार एक हजार दुई सय ४० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्यमा दश रुपैयाँले गिरावट आएर प्रतितोला एक हजार दुई सय ३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया