शुक्रबार, वैशाख ७, २०८१

‘गंगूबाई काठियावाडी’का निर्देशक भान्साली र आलिया मे २१ मा अदालतमा उपस्थित हुनुपर्ने

नेपालखोज २०७७ चैत १२ गते १५:२२


मुम्बई । बलिउडका फिल्म निर्देशक सञ्जय लीला भन्सालीको फिल्म ‘गंगूबाई काठियावाडी’ कानूनी चपेटामा पनि फसेको छ । यो फिल्मलाई लिएर धेरै विरोध पहिलेदेखि नै भए पनि हाल कानुनी रुपमै विवादमा फसेको हो ।

यस फिल्मकी प्रमुख अभिनेत्री आलिया भट्ट तथा निर्देशक संजय लीला भन्साली र दुई जना उपन्यास लेखकको नाममा अदालतमा उपस्थित हुने आदेश जारी गरिएको एजेन्सीहरुले जनाएका छन् ।

यिनीहरु मे २१ मा अदालतमा उपस्थित हुनुपर्नेछ ।

उक्त निवेदन क्रिमिनल मानहानिको मुद्दा अनुरुप पठाइएको हो, जसलाई बाबु रावजी शाह नामक व्यक्तिले दर्ता गरेका हुन् । बाबु स्वंयलाई गंगूबाई काठियावाडीको धर्मपुत्र बताउँछन् । निवेदकले फिल्म गंगूबाई काठियावाडीमा उनको परिवारको बदनामी भएको आरोप लगाएका छन् ।

प्रतिक्रिया