काँग्रेस केन्द्रीय समिति बैठक आह्वान
नेपालखोज
२०७७ चैत १३ गते ७:२५

काठमाडौं । नेपाली काँग्रेसले केन्द्रीय समितिको बैठक बोलाएको छ । चैत २० गतेका लागि केन्द्री समितिको बैठक बोलाइएको केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
काँग्रेस पछिल्लो राजनीतिक विषयमा अनिर्णित रहेको छ । त्यसैगरी काँग्रेस १४ औं महाधिवेशन उन्मुख पनि भएको छ । यसै विषयमा केन्द्रीय समितिमा छलफल हुने बताइएको छ ।
बैठक केन्द्रीय कार्यालय सानेपामा दिउँसोका लागि डाकिएको छ ।
सम्बन्धित

प्रतिक्रिया