बुधबार, असार ११, २०८२

साताको अन्तिम दिन सुनको मूल्यमा गिरावट

नेपालखोज २०७७ चैत १३ गते १२:०४

काठमाडौं । साताको अन्तिम कारोबार दिन आज नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । बिहीबार ८६ हजार ९ सयमा कारोबार भएको सुनको मूल्यमा शुक्रबार ६ सय रुपैयाँले घटेर ८६ हजार ३ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज तेजावी सुनको मूल्य ८५ हजार ८ सय ५० कायम रहेको छ ।

आज चाँदीको मूल्यमा भने कुनै परिवर्तन भएको छैन । बिहीबार प्रतितोला एक हजार दुई सय ३० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्यमा कुनै परिवर्तन नभई सोही मूल्यमा कारोबार भइरहेको महासघंले जनाएको छ ।

प्रतिक्रिया