मंगलबार, वैशाख १६, २०८२

अस्ताए ‘बेनीको बजार’ गीतका स्रष्टा

नेपालखोज २०७७ चैत १३ गते १२:५३

म्याग्दी । ‘बेनीको बजार, जता माया उतै छ नजर, किरेमिरे जालेरुमाल’ का सर्जक तथा गायक टीकाबहादुर श्रेष्ठको निधन भएको छ । ‘म्याग्दीको सदरमुकाम बेनीलाई राष्ट्रिय, अन्तर्राष्ट्रिय रुपमा चिनाउन सफल उक्त लोकप्रिय गीतका स्रष्टा श्रेष्ठको ७५ वर्षको उमेरमा बिहीबार बुटवलमा निधन भएको हो ।

‘बेनीको बजार जता मायाँ उतै छ नजर’ गीत २०३१ सालमा रेडियो नेपालमा रेकर्ड भएपछि अत्यन्त लोकप्रिय भएको थियो । श्रेष्ठकी श्रीमती मना छन्त्याल र रचनाकार श्रेष्ठको युगल स्वर रहेको यो गीत अहिले पनि उत्तिकै मन पराइन्छ ।

लामो समयसम्म मृगौला सम्वन्धि समस्याले ग्रस्त गायक श्रेष्ठ निरन्तर डायलासिस गराइरहेका थिए । तबला, हार्मोनियम लगाएतका थुप्रै बाजा बजाउन जान्ने श्रेष्ठ पछिल्लो एक दशक यता भने गुमनाम जस्तै भएका थिए ।

विसं २०१९ साल फागुन ७ गते प्रजातन्त्र दिवसको दिन काठमाडौंको राष्ट्रिय नाचघरमा पहिलो पटक श्रेष्ठले ‘बेनीको बजार,जता मायाँ उतै छ नजर’ बोलको गीत प्रत्यक्ष गाएर सुनाएका थिए । त्यस पछि उक्त गीत २०३१ सालमा रेडियो नेपालमा रेकर्ड गरिएको थियो ।

प्रतिक्रिया